ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन
६ मंसिर २०८१, बिहीबार १६:०४
काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई बैंक लिमिटेडको ५.५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात यसको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ । आइतबार समायोजित भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।