मौद्रिक नीतिको पहिलो समीक्षाको पखाईमा लगानीकर्ता, नेप्से ओरालो लाग्दा ८ अर्ब २५ करोडको कारोबार

६ मंसिर २०८१, बिहीबार १५:१०

काठमाडौं । आइतबार ४.९८ अंकले बढेर मंगलबार ५१.११ अंकले घटेको सेयर बजार बुधबार सामान्य वृद्धितर्फ लाग्दै साताको अन्तिम दिन ओरालो लाग्दै बन्द भएको छ।

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा लगानीकर्ता देखिन्छन्।

नेप्से ३१।३१ अंकले घटेर २६८०।४४ को विन्दुमा कायम भएको छ।

सूचीकृत ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ताको ८ अर्ब २५ करोडको शेयर कारोबार भएको छ।

आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा आउने साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ। मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जाको १५ करोडको सीमा र जोखिमभारसमेत घटाउने सम्भावना देखिएको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत व्यक्तिगत लगानीकर्ताहरूमाथि लगाइएको १५ करोडको सीमा हटाउने र १२५ प्रतिशतको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेर बजारलाई सकारात्मक सन्देश दिन राष्ट्र बैंक लचिलो हुन सक्ने देखिएको छ। यस्तोमा ठूला लगानीकर्ताहरू मौद्रिक नीतिको समीक्षाको पर्खाइमा समेत देखिएका छन्।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*