शेयर बजार घट्दा पनि दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् सर्वाधिक कमाउने कम्पनीहरु

६ मंसिर २०८१, बिहीबार १५:०५

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि ४३ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । जसमा सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज महुली लघुवित्त, धौलागिरी लघुवित्त, रिभर फल्स पावर, मिथिल्ला लघुवित्त, रशुवागढी हाइड्रोपावर लगायतका कम्पनीहरुका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*