अमेरिकी डलरको भाउ उच्च विन्दुमा स्थिर

६ मंसिर २०८१, बिहीबार ०६:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा स्थिर रहेको छ। आज एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ छ। अघिल्लो दिनपनि डलरको भाउ यही थियो जुन हालसम्मकै सर्वाधिक हो।

त्यसैगरी यस दिन एक युरोको खरिदमूल्य १४२.१५ रुपैयाँ र बिक्रीमूल्य १४२.७८ रुपैयाँ छ भने एक अष्ट्रेलियन डलरको खरिदमूल्य ८७.६३ रुपैयाँ र बिक्रीमूल्य ८८.०२ रुपैयाँ छ। राष्ट्र बैंकका अनुसार १० जापानिज यनको खरिदमूल्य ८.६५ रुपैयाँ र बिक्रीमूल्य ८.६९ रुपैयाँ छ।

त्यस्तै एक चाइनिज यनको बिक्रीभाउ १८.६० रुपैयाँ र बिक्रीभाउ १८.६८ रुपैयाँ छ। एक साउदी अरेबियन रियालको खरिदभाउ ३५.९० रुपैयाँ र बिक्रीभाउ ३६.०६ रुपैयाँ छ भने यूएई दिराम एकको खरिदमूल्य ३६.६९ रुपैयाँ र बिक्रीमूल्य ३६.८६ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*