सहरी जीवनशैलीलाई सहज बनाउँदै जिकर एक्सः आकर्षक डिजाइनसहितको प्रिमियम इलेक्ट्रिक एसयुभि
काठमाडौँ । जिकर एक्स, प्रिमियम कम्प्याक्ट एसयुभिहो जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने जिकर एक्स, नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि जिकर एक्स एक उत्कृष्ट एसयुभि हो ।
सरल आधुनिक डिजाइनमा आकर्षक डिजाइज-डिटेलसहित यो गाडीको बोल्ड र ‘एक्स्ट्रोभर्ट फर्म’ पनि निकै आकर्षक देखिन्छ । गाडीको डिजाइन ‘गोल्डेन रेसियो’ मा आधारित छ जुन विभिन्न चित्रकला, वास्तुकला, तथा प्रोडक्ट डिजाइनहरूमा प्रयोग हुनुका साथै अहिलेसम्म पनि उत्कृष्ट गाडीको डिजाइनहरूमा प्रयोग गरिन्छ ।
२७५० मिलिमिटरको ह्विलबेसमा ४४३२ मिलिमिटर लामो र १५६६ मिलिमिटर अग्लो उभिएको जिकर एक्स व्यस्त सहरी सडकका लागि उत्कृष्ट आकार वा साइजको रहेको छ । टाढाबाट हेर्दा गाडीको आकर्षक डिजाइनले र आँखा लोभ्याउँछ भने नजिकबाट नियाल्दा झनै आकर्षक डिजाइन डिटेलहरू देख्न सकिन्छ । जस्तै, गाडीको ढोकाहरू ‘फ्रेमलेस’ डिजाइन प्रयोग भएकोले सरल, आकर्षक र आधुनिक देखिन्छ । त्यसैगरी, यसको ‘विन्डो सिलिङ स्ट्रिप्स’ पनि आधुनिकता र सरलतालाई निरन्तरता दिँदै डिजाइन गरिएको कारण झ्यालको ‘सिट मेटल’को भाग र ‘ग्लास’ को भाग नछुट्टिकन एकरूपताका साथ जोडिएको देखिन्छ ।
जिकर एक्समा ६६ किलोवाट आवरको लिथियम-आयोन ब्याट्री रहेको छ जसले उत्कृष्ट इनर्जि डेन्सिटि र लामो समयसम्म स्थायित्वका लागि ‘सिएटिएल’ कम्पनिको ‘एनएमसि सेल’ प्रयोग गर्दछ । गाडीको ‘लङ रेन्ज’ मोडलको रियर एक्जिलमा २०० किलोवाट (२७२ हर्सपावर) र ३४३ न्युटनमिटरको इलेक्ट्रिक मोटरसहित ‘थर्ड जेनेसेन’ सिलिकन कार्बाइड इन्भर्टर प्रविधि रहेको छ । जसले गर्दा उक्त मोडल, मात्र ५.६ सेकेन्डमा ० बाट १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ ।
जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट कपपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको एचडि टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको एचडि इन्स्ट्रुमेन्ट प्यानल सहित २४.३ इन्चको ‘अगमेन्टेड रियालिटि हेड(हप डिस्प्ले’ समावेश रहेको छ । अगमेन्टेड रियालिटि हेड(अप डिस्प्लेमार्फत गाडीको विन्डस्क्रिन (अगाडीको सिसा) मा नै ग्राफिक्स प्रोजेक्ट हुन्छ । यसबाट सुरक्षित ड्राइभिङका लागि गाडीको गति लगायत विभिन्न सूचना, ‘एडास सिस्टम वार्निङ’ तथा अन्य नेभिगेसन निर्देशनहरू सजिलै अगाडीको अबजेक्ट भ्युमा नै ड्राइभरले देख्न सक्ने गरी प्रोजेक्टेड हुन्छ ।
जिकर ००१ जस्तै सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चर (एस इ ए) मा निर्मित जिकर एक्सले उत्कृष्ट मिश्रणको मटेरियल प्रयोग गर्दछ जसमध्ये ७३ प्रतिशत ‘हाइ(स्ट्रेन्थ स्टिल’को प्रयोग भएको छ । यसले गाडीको तौल घटाउँदै उच्चतम स्ट्रक्चरल सेफ्टि (संरचनात्मक सुरक्षा) सुनिश्चित गर्दछ ।
पायोनियर मोटो कर्प, देशभरी रहनुभएका ईभि पारखी, गाडी चालक तथा खरिदकर्ता र आदरणीय ग्राहकहरूलाई जिकर एक्सको आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि र व्यावहारिक उपयोगिताको एकसाथ प्रयोग भएको एक परिष्कृत ‘अल इलेक्ट्रिक अर्बान एसयुभि – जिकर एक्स’को अनुभव गर्न आमन्त्रित गर्दछ ।