ऋण नतिर्ने १२५ ऋणीहरूको नाम निर्धन उत्थान लघुवित्तद्वारा सार्वजनिक (सूचीसहित)

५ मंसिर २०८१, बुधबार १४:०८

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समयमा ऋण नतिर्ने १२५ ऋणीहरूको नाम सार्वजनिक गरेको छ। संस्थाले पटक–पटक मौखिक र लिखित रुपमा सचेत गराउँदा पनि उनीहरूले लिएको ऋण तिर्न चासो नदेखाएपछि यो कदम उठाइएको हो।

यसअघि पनि कात्तिक ९ गते र कात्तिक १४ गते कम्पनीले १२५ जनाको नाम सार्वजनिक गरेको थियो । संस्थाले ऋणीहरूलाई ३५ दिनको समयसीमा तोक्दै, यस अवधिमा सम्पर्क गरी बक्यौता चुक्ता गर्न सूचना जारी गरेको छ। समयमा भुक्तान नगरेमा कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गरिने र धितोमा रहेका चल अचल सम्पत्तिहरू लिलाम विक्री गरी रकम असुली गरिने चेतावनी पनि दिएको छ।

लघुवित्त संस्थाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेअनुसार, ऋणीहरूले लिएको ऋण धितो सुरक्षा राखेर वा सामूहिक जमानीमा प्राप्त गरेका थिए। तर, उनीहरूले लिएको ऋणको साँवा, ब्याज र अन्य सम्बन्धित रकम समयमै नतिर्दा, यसले संस्थाको सर्त उल्लङ्घन गरेको बताइएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*