राष्ट्रिय जीवन बीमा कम्पनीले सीईओ छान्न सकेन, चारैजनाको आवेदन अस्वीकृत

५ मंसिर २०८१, बुधबार ०९:०४

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी ‘प्रमुख कार्यकारी अधिकृत’ (सीईओ) छान्न असफल भएको छ। कम्पनीले खुलाएको आवेदनमा प्रतिस्पर्धा गरेका चारैजना फालिएपछि कम्पनी सिईओ छान्न असफल भएको हो।

कम्पनीले गत असोज १६ गते सूचना जारी गर्दै सीईओको माग गरेको थियो। कम्पनीले खुलाएको आवेदनमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये महेश रिमाल हाल सोही कम्पनीका कार्यबाहक सिईओका जिम्मेवारीमा छन्।

सीईओका लागि आवेदन दिएकाहरूलाई अन्तर्वार्ताका लागि सिफारिस गर्न शैक्षिक योग्यता, अनुभव र कार्यायोजनाका आधारमा कूल ५० पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्नु पर्ने व्यवस्था थियो। तर कुनै पनि उम्मेदवारले ६० अंक प्राप्त गर्न नसकेपछि चारैजनाको आवेदन अस्वीकृत भएको छनोट समितिले जानकारी दिएको छ।

One thought on “राष्ट्रिय जीवन बीमा कम्पनीले सीईओ छान्न सकेन, चारैजनाको आवेदन अस्वीकृत

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*