दुई आवको साधारणसभा गर्दै छ्याङ्दी हाइड्रोपावर

५ मंसिर २०८१, बुधबार ०८:४०

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १०औं र ११औं वार्षिक साधारणसभा पुस ५ गते शुक्रबार एकैपटक गर्ने भएको छ। सभा कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ९ बजे शुरू हुनेछ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभाले आर्थिक वर्ष (आव) २०७९।८० र २०८०।८१ को वार्षिक प्रतवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै सामाजिक उत्तरदायित्व बहन गर्दा सीमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्नेछ।

साथै गत आवको लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ। त्यसैगरी सञ्चालकको सेवा सुविधाबारे पनि छलफल गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा आवश्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यसको आधारमा मंसिर २६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*