तीन महिनामा ३ अर्बको बोनस शेयर, साढे १ अर्बको हकप्रद शेयर सूचीकृत
४ मंसिर २०८१, मंगलवार १४:४१
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ असोज मसान्तमा सूचीकृत ८ अर्ब ३९ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ३२ अर्ब ९ करोड रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु. ३ अर्ब ४३ करोड बराबरको बोनस शेयर, रु.१ अर्ब ७२ करोड बराबरको हकप्रद शेयर र रु.४७ लाख बराबरको एफपीओ गरी कुल रु.५ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।