बीमा कम्पनीलाई प्राधिकरणको वित्तिय सूचांकको ढाँचामा वित्तिय विवरण तयार गर्न निर्देशन, एकरुपता अनिवार्य

४ मंसिर २०८१, मंगलवार १४:२३

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणको वित्तिय सूचांकको ढाँचामा वित्तिय विवरण तयार गर्न निर्देशन दिएको छ।

वित्तिय सूचांक तयार गरी पेश गर्ने सूचांक तथा अनुपात गणनामा थप एकरुपता ल्याउन निश्चित मापदण्ड लागू गर्न निर्देशन दिएको प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमापोष्टलाई जानकारी दिएका छन् । बीमा कम्पनीहरुको वित्तिय सूचांकमा एकरुपता नदेखिएपछि प्राधिकरणले नै गणना विधि सहित बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो

बीमा प्राधिकरणले वित्तिय सूचांक जीवन, निर्जिवन र जीवन बीमा कम्पनीहरुलाई नै प्राधिकरणले लागू गरेको निश्चित सूचांक र अनुपातमा गणना गर्न निर्देशन दिएको हो ।

जसमा प्रतिशेयर नेटवर्थ, खुद मुनाफा, एपीएस, बुक भ्यालु, लाभांश प्रतिशेयर, मार्केट प्राईस प्रतिशेयर, रेसियोदेखि कम्पनीको भ्यालुएसनसम्म उक्त विधि अन्तर्गत गणना गर्न निर्देशन दिएको छ।

आर्थिक बर्ष २०८०/८१ पछिका वित्तिय विवरणहरुमा यसै सूचांककका तथा अनुपात सम्बन्धी गणना गर्न समेत निर्देशन दिएको प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*