राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने
४ मंसिर २०८१, मंगलवार १२:१७
काठमाडौँ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यहि मंसिर १६ गतेदेखि १८ गतेसम्म केन्द्रिय कार्यालय, रामसाहपथ काठमाडौँमा तालिम सञ्चालन गर्ने जानकारी दिएको हो । उक्त तालिम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।
निर्जीवन बीमा अभिकर्ता तालिममा सहभागी हुन चाहने इच्छुक व्यक्ति तथा संस्थाहरुले एक प्रति निवेदन पत्र, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता (SEE\ SLC Mark Sheet, Charactr Certificate) प्रमाण पत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो लगायतका कागजात कम्पनीमा पेश गर्नुपर्ने छ । उक्त तालिममा सहभागी हुनको लागि १ हजार रुपैयाँ शुल्क लाग्ने समेत सूचनामा उल्लेख गरिएको छ ।