जीवन बीमा अभिकर्ताको परीक्षा मंसिर ७ गतेसम्म सञ्चालन हुदै

४ मंसिर २०८१, मंगलवार ११:४९

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गरिरहेको छ । प्राधिकरणले सञ्चालन गरिरहेको उक्त परीक्षा मंसिर २ गतेदेखि सुरु भएको थियो भने मंसिर ७ गते सकिनेछ ।

कार्यालयले कात्तिक ३० गते एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७८९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम कार्यालयले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो ।

जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*