कति छ आज विदेशी मुद्राको विनिमयदर?
४ मंसिर २०८१, मंगलवार ०६:३४
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर ४ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १३४ रुपैयाँ ७२ पैसा छ भने बिक्रीमूल्य १३५ रुपैयाँ ३२ पैसा छ।
त्यसैगरी यस दिन एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८६ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ २८ पैसा तोकिएको छ। यता एक साउदी अरेबियन रियालको खरीददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५ पैसा कायम भएको छ।
यूएई दिराम एकको खरीदमूल्य ३६ रुपैयाँ ६८ पैसा छ भने बिक्रीमूल्य ३६ रुपैयाँ ८४ पैसा छ। त्यसैगरी एक मलेसियन रिंगिटको खरीदभाउ ३० रुपैयाँ ७ पैसा हुँदा बिक्रीभाउ ३० रुपैयाँ २० पैसा छ।