सिटी एक्सप्रेस सबैभन्दा धेरै कर तिर्ने रेमिटेन्स कम्पनीको रूपमा सम्मानित
३ मंसिर २०८१, सोमबार ०८:४४
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर आर्थिक वर्ष २०७९।८० मा रेमिटेन्स क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आन्तरिक राजस्व विभागले सिटी एक्सप्रेसलाई सबैभन्दा धेरै कर तिरेबापत सम्मान गरेको हो। रेमिटेन्स र मनी ट्रान्सफर सेवामा सबैभन्दा धेरै आयकर तिरेर राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सिटी एक्सप्रेसलाई सम्मान प्रदान गरिएको हो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कम्पनीलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन्।