रवि र छविविरुद्ध काठमाडौँमा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी

२ मंसिर २०८१, आईतवार १७:३८

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी गरेको छ। आइतबार जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्न अनुमति दिएका हुन्।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशी संलग्न रहेको आरोपमा अनुसन्धान अघि बढाइएको छ। प्रहरी वृत्त कालीमाटीमा यसअघि परेको जाहेरीका आधारमा सुरु भएको यो प्रकरणमा जिल्ला प्रहरी परिसरले अब फाइल झिकाएर थप अनुसन्धान गर्ने तयारी गरेको छ।

यो प्रकरणमा सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित २४ जनाविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो। अदालतबाट रवि लामिछाने र छविलाल जोशीको नाममा पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानको दायरामा नयाँ व्यक्तिहरू थपिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*