चौधरी ग्रुपले नेपालमा बेच्दै आएको नेटा ईभीको उत्पादन बन्द, सशंकित नेपाली उपभोक्ता

काठमाडौँ । चौधरी ग्रुपले नेपालमा बेच्दै आएको चिनियाँ इलेक्ट्रिक गाडी उत्पादक कम्पनी नै बन्द भएको छ । चिनियाँ अटोमेकर होजन अटो अन्तर्गतको नेटा ईभी ब्रान्डले हालै चीनको झेजियाङ कारखानामा उत्पादन रोकेको र आफ्ना कर्मचारीहरुको तलब कटौती गरेको खुलासा भएको हो । इलेक्ट्रिक गाडी उत्पादक कम्पनीहरुको उत्पादन बन्द हुँदा नेपाली ग्राहकहरु सशंकित बन्न पुगेका छन्। यसले चौधरी समूहमार्फत नेपाली बजारमा लोकप्रिय बनेको नेटा ईभी खरीद गरेका उपभोक्ताहरूमा निराशा पैदा गरेको छ । चौधरी समूहले पछिल्लो समय चिनियाँ ईभी (इलेक्ट्रिक भेइकल) ब्रान्डहरू नेपालमा भित्र्याउँदै आएको छ । यी मध्ये, नेटा ईभी नेपाली बजारमा तुलनात्मक रूपमा सस्तो र आकर्षक गाडीका रूपमा पहिचान बनाएको थियो । तर, नेटा ब्रान्डका गाडी उत्पादन बन्द हुँदा ग्राहकहरूले आवश्यक सेवा तथा पार्ट्स प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भएको छ । नेटा ब्रान्डको स्थापना होजन अटोले २०१८ मा एक सामान्य ईभी निर्माता कम्पनीका रूपमा गरेको थियो । यसले मुख्यतः बजेटमैत्री गाडीहरू उत्पादन गरि रहेको थियो । जस्तै नेटा भी सन् २०२२ मा नेटाले १ लाख ५० हजारभन्दा बढी गाडीको वार्षिक बिक्री गर्दै नियो, लि अटो र एक्सपङ जस्ता ब्रान्डहरूलाई पछि पार्न सफल भएको थियो । तर, सस्तो गाडीबाट महँगा गाडीहरू उत्पादन गर्ने रणनीतिमा लागेपछि नेटाले ठूलो चुनौती सामना गर्नुप-यो । यसै वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म चीनमा नेटाले केवल ५३,८५३ इकाई … Continue reading चौधरी ग्रुपले नेपालमा बेच्दै आएको नेटा ईभीको उत्पादन बन्द, सशंकित नेपाली उपभोक्ता