तीन कम्पनीमा सकारात्मक सर्किट, यी हुन् सर्वाधिक मूल्य वृद्धि भएका १० कम्पनी

२ मंसिर २०८१, आईतवार १५:०६

काठमाडौँ । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २ दशमलव १० अंकले बढेर २७५० दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै १३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ । जसमा स्वाभिमान लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावर र उन्नती सहकार्य लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज माण्डु हाइड्रोपावरको शेयरमूल्य ९.६१ प्रतिशत, बाराही हाइड्रोपावरको ९.२९ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*