नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु
काठमाडौँ। नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो ।
रोबर्टको नाम मैना राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको विषयमा ग्राहकहरुलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए ।
उनले आज मैना रोबर्टको डेमो मात्रै शुरु गरिएको बताए । उनले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसावमा विभिन्न कार्यहरु शुरु गरेको पनि बताए ।
उनले सोही लक्ष्यअनुरुप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा शुरु गरिएको बताए । उनले रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको बताए । उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरुबारे मैना रोबर्टलाई तालिम गराउने बताए ।