नबिल बैंकले मंसिर २७ गते बोलायो साधारणसभा
२ मंसिर २०८१, आईतवार १२:०३
काठमाडौं । नबिल बैंक लिमिटेडले ४०औं वार्षिक साधारणसभा मंसिर २७ गते बिहीबार बोलाएको छ। बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिले सभा बोलाएको हो।
यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश (कर सहित) विरतण गर्ने निणर्य गरिसकेको छ। उक्त साधारणसभामा बैंकले लाभांश वितरण लगायतका प्रस्तावहरू पारित गर्नेछ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १० गते सोमबार १ दिनका लागि बुक क्लोज गर्ने निणर्य पनि गरेको छ। यसका आधारमा मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।