सन नेपाल लाइफको मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न, २ सय जना अभिकर्तालाई प्रशिक्षण र सम्मान

२ मंसिर २०८१, आईतवार ११:५०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लुम्विनी प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न भएको छ । शनीबार कम्पनीका प्रमुख कार्यकारी राज कुमार अर्याल र चिफ मार्केटिङ अफिसर गणेश चौलागाईको सहभागितामा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

कम्पनीले शुक्र र चन्द्र क्लबमा छनोट भएका अभिकर्ताहरुको सम्मान र आगामी दिनमा अभिकर्ताहरुलाई बीमा व्यवसाय गर्न थप सहज जोश, जागर र उर्जा मिलोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा एक सम्मानित र स्वतन्त्र पेशा भएको हुनाले सबै जना थप उर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

साथै, कम्पनीका चिफ मार्केटिङ्ग अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । अभिकर्ता पेशामा अथाह सम्भावना रहेको हुँदा निरन्तर रुपमा मेहनत गर्दा यहि पेशाबाटै उत्कृष्ट आम्दानी र सम्मान हासिल गर्न सकिने बताए ।

चन्द्रौटाको सिद्धार्थ ग्रीन रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, चिफ मार्केटिङ्ग अफिसर गणेश चौलागाई, अल्टरनेटिभ सेल्स हेड कमल सापकोटा, बुटवल कलस्टर हेड सन्तोस कुँवर क्षेत्री, प्रदेश अन्तर्गतका शाखा, उपशाखा प्रवन्धक, कर्मचारी लगाएत २०० भन्दा बढी मार्केटिङ्ग म्यानेजरको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*