कालीमाटीमा तरकारीः गोलभेडा ६०, इस्कुस २० रुपैयाँ किलो

२ मंसिर २०८१, आईतवार ०८:१८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि मूल्य निर्धारण गरेको छ। सोका अनुसार आज सानो लोकल गोलभेडा र बन्दा ६० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ र स्कुस २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन तने बोडी १६० रुपैयाँ, तीते करेला ९० रुपैयाँ, लौका ५० रुपैयाँ, परवर ७० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, बकूला १०० रुपैयाँ, कन्य च्याउ २०० तथा डल्ले च्याउ २४० र ब्रोकाउली १३० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*