नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित

२ मंसिर २०८१, आईतवार ०७:१७

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा सम्मानित भएको छ। शनिबार राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई प्रमाणपत्र सहित सम्मान गरेका छन्।

बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका तर्फबाट नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर तिरेको आधारमा यो सम्मान प्राप्त गरेको हो। नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले प्रमाणपत्र ग्रहण गरेका थिए।

यसअघि पनि नबिल बैंकले आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ गरी सात पटक सबैभन्दा धेरै कर तिर्ने बैंकका रूपमा सम्मान पाएको थियो।

नबिल बैंकले देशभर २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। नवीनतम बैंकिङ सेवाको शुरूवात गर्दै आएको यो बैंकले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*