सफल बैंक हुनका लागि सन्तुष्ट कर्मचारी हुनु जरुरी छः गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकाले सफल बैंक हुनका लागि सन्तुष्ट कर्मचारी हुनु जरुरी रहेको बताएका छन् । नेपाल बैंकको ८८ औं वार्षिकोत्सबमा समारोहमा वोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कर्मचारीलाई प्रोत्साहन नगरेसम्म बैंक सफल हुन नसक्ने तर्क राखे । उनले भने, ‘बैक सफल हुनका लागि सन्तुष्ट कर्मचारी हुनुपर्छ । सफल कर्मचारी हुनुका लागि सन्तुष्ट ग्राहक हुनु पर्छ । कर्मचारीलाई प्रोत्साहन र सहजीकरण नगरेसम्म बैंक अगाडि बढ्न सक्दैन । कर्मचारीको मनोबल उच्च बनाउनु पर्छ । आफ्नो ठाउँबाट हुने काममा सहजिकरण गर्नुपर्छ ।
त्यस्तै, गर्भनर अधिकारीले बैंक भित्रका कुराहरु बैंक भित्रै समाधान गर्ने समेत ब्यवस्थापन समितिलाई निर्देशन दिए । ‘आज बैंकको वार्षिकोत्सब कार्यक्रम हो । राम्रो–राम्रो कुराकानी र खुसीसाटा साटा गर्नु पर्छ । तर, बैंक भित्र रहेका युनियनले गरेको गुनासोमा म नियामकको तर्फबाट ध्यानाकर्षण भएको छ । बैंकको समस्या भित्रै सहजीकरण गरी समाधान गर्नुपर्छ’ उनले भने ।
राष्ट्र बैंकले सरकारी र निजि बैंकहरु ब्यवस्थामा भेदभाव नगर्ने दाबि गरे । ‘नियामक भएका कारण हामि सबै प्रतिस्पर्धा बनाउन चाहाछौं । नियम, ब्यबस्था एउटै हुन्छ अरु बैक भन्दा फरक भेदभाव हुने छैन । निजि बैंकलाई फरक सेवा सुविधा ब्यवस्था र सरकारी बैंकलाई फरक ब्यबस्था हुँदैन’ गर्भनर अधिकारीले भने, ‘पछिल्लो समय नेपाल बैकको व्यवस्थापन समितिको लापरबाही हुदै छ भन्ने कुरा हामीसम्म आउनु भएन । समस्या जहाँबाट सुरु भएको हो तेहि निर समाधान गर्नुपर्छ । अब व्यवस्थापन बिग्रिएको छ भन्ने कुरा माथिल्लो तहमा नपुगोस्’
बैंकमा पछिल्लो समय खराब कार्य बढि रहेको विषयमा राष्ट्र बैंकको ध्यान गएको गर्भनर अधिकारीले बताए । उनले ग्राहकलाई समस्यालाई मध्यनजर गर्दै हामिले अध्ययन समेत गरी रहेका बताए । उनले भने, नेपाल बैंक धेरै दुःख गरेर रिकभर भएको बैक हो । सरकारले बाहिरि ऋण ल्याएर पनि यो बैंकलाई रिकभर गरेको हो ।
उनले साना कर्जालाई समेत प्राथमिकता दिई डिजिटलमा समेत सक्रिय हुन निर्देशन दिए । उनले साइबर जोखिम नियन्त्रणलाई समेत बैंकको भुमिका आवश्यक रहेको तर्क राखे ।