व्यवसायीहरुलाई लगानी गर्न सहि समय आएको छः नेपाल बैंक सीईओ

३० कार्तिक २०८१, शुक्रबार १६:३०

काठमाडौँ । नेपाल बैंक प्रमुख कार्यकारी अधिकृत तिलख राज पाण्डेले व्यवसायीहरुको लगानि वृद्धि गर्न यो समय उत्तम रहेको बताएका छन् । बैंकको ८८ औं वार्षिकोत्सबमा समारोहमा वोल्दै उनले बताए ।

उनले भने, ‘लगानीकर्तालाई लगानी गर्न बेला आएको छ । यो उत्तम समय हो । लगानिकर्ताले एकल अंकमा ब्याजदर खोजेका थिए । अहिले निरन्तर ओरालो लागिरहेको छ सोहि कारण पनि यो समय लगानी गर्न हो । बैकले पनि उधोग हरुलाई प्रोत्साहन दिने छौ।’

उनले बैकले अहिलेको मुख्य लगानी कृषि, हाइड्रोपावर र सरकारको विकास योजनामा रहेको बताए । ‘बैंकका युनियनसँग सहकार्य गरेर हामि बढ्छौ । कृषि, हाइड्रोपावरमा हाम्रो लगानी बढि छ । लोडसेडिङ अन्त्य गर्न हाम्रो हात छ । फाइल धितो राखेर हामिले लोन दिएका छौ । यसमा हामि गौरव गर्छौ।’ पाण्डेले भने ।

नियामक निकायसँग सहकार्य गरेर अघि बढ्न बैक तत्पर रहेको उनको भनाई रहेको छ । उनले बैकमा भएका कमजोरि समेत सुधार हुदै जाने विश्वास दिलाए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*