गार्डियन माइक्रो लाइफको नाफामा उछाल, जीवन बीमाकोष ५ करोडमाथि

३० कार्तिक २०८१, शुक्रबार १०:३८

काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आथर्िक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य मात्रामा वृद्धि भएको छ।

गत आवमा कम्पनीले १ लाख ४२ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवमा ५३ लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेर ५ करोड २५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको आम्दानी समेत उल्लेख्य मात्रामा बढेको छ। गत आवमा १ करोड ३७ लाख रुपैयाँमा आम्दानी गरेकोमा चालू आवमा बढेर ६ करोड ४१ लाख रुपैयाँ पुगेको छ।


चालू आवको असोज मसान्तसम्म कम्पनीले ५ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको यसै समयमा कम्पनीले १३ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ। पहिलो त्रैमाससम्म कम्पनीले जगेडा कोषमा ४९ लाख ६९ हजार रुपैयाँ, महाविपत्ति कोषमा ७ लाख २२ हजार रुपैयाँ सञ्चित गरेको छ।

नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ११ पैसा रहेकोमा चालू आवमा बढेर ४ रुपैयाँ ४ पैसा पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*