सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वित्तीय विवरणमा देखिएन प्रगति, नाफासँगै ईपीएसमा पनि गिरावट

३० कार्तिक २०८१, शुक्रबार १०:०४

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा गिरावट आएको छ ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा कम्पनीको मुनाफासँगै ईपीएस पनि ऋणात्मक रहेको छ । निर्जीवन बीमा कम्पनीमा आफुलाई अब्बल भन्दै आएको सगरमाथा लुम्बिनीको वित्तीय अवस्था दयनीय रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले आठ करोड ९५ लाख रुपैयाँ घाटा व्यहोरेको अवस्था छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अधिकांश वित्तीय सूचांकहरुमा संकुचन आएको छ ।

तीन महिनाको अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ३१.४२ प्रतिशतले बृद्धि भएर ७७ करोड ० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सलिको इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३१ करोड १८ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीले आम बिमीतहरुलाई सात अर्ब ३० करोड ४४ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिन बाँकी रहेको छ । अघिल्ल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको भुक्तानी दिन बाँकी रहेको रकम दोहोरो अंकले बृद्धि भएको छ ।

दुई अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको महाबिपत्ती कोषमा १९ करोड ४५ लाख रुपैयाँ र जगेडा कोषमा ४१ करोड ६१ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षमा ८ रुपैयाँ ७० पैसा रहेको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १३ रुपैयाँ ६५ पैसाले ऋणात्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*