हिमालयन एभरेष्टको नाफासँगै आम्दानी बढ्यो, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

३० कार्तिक २०८१, शुक्रबार ०९:१७

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २३ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ।

कम्पनीले गत आवमा ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ६ करोड ६१ लाख रुपैयाँ पुगेको छ। नाफासँगै कम्पनीको आम्दानी पनि ३७ करोड २१ लाख रुपैयाँबाट बढेर साढे ७२ करोड रुपैयाँ पुगेको छ।

चालू आवको असोज मसान्तसम्म कम्पनीले ५६ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको यसै अवधिमा कम्पनीको यस्तो रकम १९ करोड २५ लाख रुपैयाँ मात्रै थियो।
समीक्षा अवधिमा कम्पनीको खर्च पनि २९ करोड ५७ लाख रुपैयाँबाट बढेर ६३ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ छ। चालू आवको प्रथम त्रैमाससम्म कम्पनीले जगेडा कोषमा ८७ करोड रुपैयाँ, महाविपत्ति कोषमा ५ करोड ८७ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ४४ करोड रुपैयाँ सञ्चित गरेको छ।

नाफा लगायतका वित्तीय सूचकहरूमा लोभलाग्दो वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत बढेको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३० पैसा रहेकोमा चालू आवमा बढेर १० रुपैयाँ ५९ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवथर् २०५ रुपैयाँ ४१ पैसा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*