समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट, कति जना भए मालामाल ?

काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो । कम्पनीको एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको एफपिओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको हात रित्तो हुने भएको हो । कम्पनीको एफपीओमा १४ लाख ४२ हजार ४ सय २० जनाको आवेदन परेको थियो । जसमा ३५ हजार ९० जनाले १०१० कित्ताका दरले एफपिओ पाएका छन् । आवेदन दिएका १४ लाखको हाल खाली भएको छ । साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पूँजी पुर्याउन हकप्रद निष्काशन गरेको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।