नेको इन्स्योरेन्सको मुनाफा ७ करोडमाथि, कुल बीमा शुल्क आर्जन साढे ५० करोड
काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा ग्रोथ देखिएको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीको नाफा ७ करोड ४ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ८ करोड ८० लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको नाफा १९ प्रतिशतले घटेको हो ।
तीन महिनाको अवधिमा कम्पनीको बीमा कोष ४०.३६ प्रतिशतले बढेर ४ अर्ब ८७ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्तकोषमा ३ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड रहेको छ भने जगेडा कोष ५९ करोड रुपैयाँ रहेको छ ।
यता, कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २७९.८१ रुपैयाँ रहेको छ ।