नाफासँगै बढ्यो प्रभु इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

३० कार्तिक २०८१, शुक्रबार ०८:२२

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा साढे १० प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले गत आवमा ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ५ करोड ६० लाख रुपैयाँ पुगेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७३ पैसाबाट बढेर १५ रुपैयाँ ५४ पैसा पुगेको छ। यसै समयमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

चालू आवको असोज मसान्तसम्म कम्पनीले २३ करोड २४ लाख रुपैयाँ आम्दानी गरको छ भने १५ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ। कम्पनीको बीमा कोषमा २ अर्ब २९ करोड रुपैयाँभन्दा बढी रकम छ भने झण्डै १ अर्ब ३५ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमासम्म जगेडा कोषमा २५ करोड रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ३२ करोडभन्दा बढी रकम सञ्चित गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*