४२.०७ प्रतिशतले बढ्यो एशियन लाइफको नाफा, अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लोभलाग्दो सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.०७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ९ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोष ३.१४ प्रतिशतले बढेर ४४ अर्ब ३४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४२ अर्ब ९९ करोड ४७ लाख रहेको थियो ।
तीन महिनाको अवधिमा कम्पनीको खुद बीमाशुल्क ९.६१ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी ४५ प्रतिशत बढेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि वृद्धि देखिएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १५.६४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ११ पैसा रहेको छ।
३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ४५ करोड ९२ लाख रहेको छ ।