पहिलो त्रैमासमा सिद्धार्थ प्रिमियरले कमायो ६ करोड रुपैयाँ नाफा, कस्तो छ अन्य सूचक?

३० कार्तिक २०८१, शुक्रबार ०७:३६

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ। गत आवको सो अवधिमा कम्पनीले १४ करोड रुपैयाँ नाफा कमाएको थियो।

गत आवको पहिलो त्रैमाससम्म कम्पनीले ३४ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। जुन चालू आवको यसै अवधिमा बढेर ३४ करोड ७१ लाख रुपैयाँ पुगेको छ।
चालू आवको पहिलो त्रैमाससम्म कम्पनीले ५८ करोड ५७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। यसै अवधिमा कम्पनीले ४७ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ।

 

यस अवधिसम्म कम्पनीले बीमितहरूलाई कुल ६१ करोेड १३ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमाससम्म जगेडा कोषमा १ अर्ब १७ करोड रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ५५ लाख रुपैयाँ, स्पेशल रिजर्भमा २ अर्ब ५० करोड र शेयर प्रिमियममा ४ लाख रुपैयाँ सञ्चित रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १२ पैसा र प्रतिशेयर नटेवर्थ २७७ रुपैयाँ ६७ पैसा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*