१९ प्रतिशतले बढ्यो सानिमा रिलायन्स लाइफको नाफा, जीवन बीमा कोषसहित अन्य सूचक कस्ता ?

३० कार्तिक २०८१, शुक्रबार ०७:३०

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि भएको हो ।

चालु आवको तीन महिनामा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९.९३ प्रतिशतले बढी हो । यद्यपी बीमाकिय मूल्याकंन गर्दा नाफा केहि तल माथि हुन सक्छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ११ करोड ८ लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको कुल बीमा शुल्क आम्दानी ३.२७ प्रतिशतले बढेर एक अर्ब ५६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी एक अर्ब ५१ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको कुल दाबी भुक्तानी १३.५७ प्रतिशतले घटेर ४६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोषको आकार समेत ८.६३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार सोही अवधिमा १४ अर्ब ७९ करोड रुपैयाँ रहेको जीवन बीमा कोषमा समीक्षा अवधिमा अइपुग्दा १६ अर्ब ६ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ४१ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ । चालु आवको असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १०.७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११२.४१ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*