६७ अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो हिमालयन लाइफ, व्यवसायमा पनि वृद्धि

३० कार्तिक २०८१, शुक्रबार ०६:३९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सावजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा २५ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ। यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ५ दशमलव १२ प्रतिशत वृद्धि भएको हो। सो अवधिमा कम्पनीले २४ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो।

पहिलो त्रैमाससम्मका कम्पनीको जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ। पहिलो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो बीमाशुल्क गत आवको तुलनामा सामान्य घटेको हो। गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब २२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरणमा आधारित

कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमाससम्म जगेडा कोषमा २ अर्ब ३१ करोड र महाविपत्ति कोषमा ५१ करोड २७ लाख सञ्चित गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १२ पैसा र प्रतिशेयर नेटवर्थ २७७ रुपैयाँ ६७ पैसा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*