नेशनल लाइफको वित्तीय सूचकमा उल्लेख्य प्रगति, ८१ अर्ब ८४ करोडको जीवन बीमा कोष, अन्य सूचांकहरु कस्तो ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा प्रगति देखिएको छ ।
आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ८१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार गत आवको तुलनामा ४.९९ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, कम्पनीको मुनाफामा पनि उच्च बृद्धि भएको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा ६१ करोड ३७ लाख रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष संञ्चित १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।
कूल पाँच अर्ब दुई करोड चुक्ता पुँजि भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ६.२४ प्रतिशतले बृद्धि भई १३ करोड ८३ लाख ८५ हजार पुगेको छ । गत आवमा कम्पनीको कूल नाफा १३ करोड २ लाख रुपैयाँ रहेको थियो । कम्पनीको लगानीबाट प्राप्त तथा व्यवसायमा आएको बृद्धिका कारण मुनाफा उच्च बृद्धि गर्न सफल भएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेशनल लाइफले कूल ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा १७.१९ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, कम्पनीको कुल दावी भुक्तानी ५ अर्ब ६२करोड भुक्तानी गरेको छ ।
त्यस्तै, कम्पनीले लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी १५ प्रतिशतले बृद्धि भएको छ ।
कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या १५ लाख ८८ हजार १८८ वटा रहेकोछ । गत वर्षको यसै अवधीमा १५ लाख ७५ हजार ४७६ वटा बीमा पोलिसीहरु रहेका थिए ।
समीक्षा अवधीमा नेशनल लाइफको प्रतिशेयर आम्दानी १०.६६ रुपैयाँ रहेको छ । समग्रमा नेशनल लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति देख्न सकिन्छ ।
देशका सबै जीबन बिमा कम्पनी सर्बाेत्कृषट हुनुमा कम्पनीकाे ईमान्दारिता र भारि मेहनत हाे ।