राष्ट्रपति कार्यालयको बगैँचा सजाउन २४ लाखको ठेक्का स्वीकृत

२९ कार्तिक २०८१, बिहीबार १४:१८

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासको बगैँचा सजावट तथा सरसफाइ कार्यका लागि पोखरा आउटसोर्सिङ प्रालिलाई ठेक्का दिने निर्णय भएको छ। यसबारे कार्यालयले सार्वजनिक सूचना जारी गर्दै गार्डेन सजावटका लागि प्रस्ताव गरिएको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्र स्वीकृत गरिएको जनाएको छ।

साथै, कार्यालयको सरसफाइ तथा ढल व्यवस्थापन कार्य पनि सोही कम्पनीलाई २१ लाख २७ हजार रुपैयाँमा जिम्मा दिने निर्णय भएको हो। यस कार्यका लागि २०८१ साउनमा बोलपत्र आह्वान गरिएको थियो। मूल्याङ्कन समितिले न्यून लागत र कार्य प्रभावशीलताको आधारमा पोखरा आउटसोर्सिङको बोलपत्र स्वीकृत गर्न सिफारिस गरेको कार्यालयले जनाएको छ।

शीतल निवासको बगैँचा तथा सरसफाइ व्यवस्थापनका लागि थप प्रभावकारी र सौन्दर्यपूर्ण बनाउने उद्देश्यले गरिएको यस ठेक्काले आगामी दिनमा राष्ट्रपतिको कार्यालयको सरसफाइ र व्यवस्थापनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*