हिमालयन पावर पार्टनरले हकप्रद जारी गर्ने
२९ कार्तिक २०८१, बिहीबार ११:२३
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ।
कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सहवित्तीयकरण बैंकहरूको ऋण भुक्तानी गर्ने प्रयोजनका लागि हकप्रद जारी गर्ने निणर्य गरेको हो।
समितिले २ः१ अर्थात् २ कित्ता साधारण शेयर बराबर १ नयाँ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने निष्कर्श निकालेको छ।
साथै कम्पनीले विद्युत नियमन आयोगको सहमति लिई हकप्रद निष्काशन प्रस्ताव स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गर्ने निणर्य समेत गरेको कम्पनी सचिव बिनय के.सी. ले जानकारी दिएका छन्।