तीन लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल
२९ कार्तिक २०८१, बिहीबार १५:१७
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ को बिन्दुमा कायम भएको छ ।
बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये १५९ वटाको शेयरमूल्य बृद्धि भएको छ । दोहोरो अंकले बढेको शेयर बजारमा गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै, ङादी ग्रूप पावरको शेयरमूल्य ९.७९ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.५७ प्रतिशत लगायतले शेयरमूल्य बढेको छ ।