शिवम् सिमेन्ट्सको वित्तीय फड्कोः कमायो १ करोड २७ लाख नाफा, अधिकांश सूचकमा लोभलाग्दो सुधार
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमासमा नाफामा प्रवेश गर्दै लगानीकर्ताका लागि सकारात्मक संकेत दिएको छ । आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको । जुन गत वर्षको सोही अवधिमा कम्पनी ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा थियो ।
कम्पनीको वित्तीय विवरण अनुसार यस त्रैमासमा शिवम् सिमेन्ट्सको सञ्चालन आम्दानी १ अर्ब ४० करोड रुपैयाँमा पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा सामान्य १३ प्रतिशतले कम हो । यता, कम्पनीको अन्य आम्दानी भने उल्लेखनीय रुपमा बढ्दै १ करोड ५ लाख ७४ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको २१ लाख २४ हजार रुपैयाँभन्दा करिब ३९७.६४ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको कुल खर्चमा समेत महत्वपूर्ण कमी आएको छ । यस त्रैमासमा कुल खर्च १८ करोड ९३ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको २४ करोड ५४ लाख रुपैयाँको तुलनामा २२.८५ प्रतिशतले कम हो । खर्चको कमी र अन्य आम्दानीको वृद्धि नै कम्पनीको नाफा आर्जनको मुख्य कारण मानिएको छ । वित्तीय खर्च पनि गत वर्षको १ करोड ५४ लाख रुपैयाँबाट घटेर २७ लाख रुपैयाँमा झरेको छ, जसले कम्पनीलाई खर्च कटौती गर्न सहयोग पु¥याएको छ ।
यस वर्षको त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्ता पूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ सञ्चित भएको छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २८ पैसा रहेको छ, जसले कम्पनीको वित्तीय स्थायित्वलाई थप मजबुत बनाएको छ ।
कुल नाफाको हिसाबमा हेर्दा कम्पनीको सकल नाफा १ करोड ३ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्षको १ करोड ७० लाख ५० हजार रुपैयाँको तुलनामा ३९.२१ प्रतिशतले घटेको हो । यद्यपि, अन्य आम्दानीको वृद्धि र खर्च कटौतीका कारण कम्पनीले खुद नाफामा सुधार ल्याउन सफल भएको छ ।
शिवम् सिमेन्ट्सको यो वित्तीय प्रगति कम्पनीको व्यवस्थापन क्षमतामा विश्वास पैदा गर्छ। आगामी त्रैमासिक अवधिहरूमा कम्पनीले आम्दानीमा वृद्धि गर्दै र खर्चमा नियन्त्रण राख्दै वित्तीय स्थायित्व कायम गर्न सफल भएमा यसले लगानीकर्ताहरूको विश्वास अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।