बुटवल पावर कम्पनीको नाफामा सामान्य गिरावट, यस्तो छ समग्र वित्तीय अवस्था

२९ कार्तिक २०८१, बिहीबार १०:३९

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २० करोड ९० लाख रुपैयाँ कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.७१ प्रतिशत कम हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २१ करोड ५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १२.०७ प्रतिशत घटेर ६ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले साढे ७ करोड नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.३६ प्रतिशत घटेको छ भने अन्य आम्दानी १६९.१२ प्रतिशत र सञ्चालन मुनाफा ५.७५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६ पैसा घटेर ७ रुपैयाँ ७५ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.४५ गुणा रहेको छ।

तीन अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६९ करोड ८७ लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*