ओरिएण्टल इन्स्योरेन्सको खुद बीमाशुल्क बढ्यो, कस्ता छन् अन्य सूचक?
काठमाडौं । ओरियएण्टल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार चालू आवको प्रथम त्रैमाससम्म कम्पनीको खुद नाफा २४ करोड ५१ लाख रुपैयाँ ऋणात्मक छ। गत आवको यसै अवधिमा कम्पनीको नाफा १ करोड ४९ लाख रुपैयाँ धनात्मक थियो।
गत आवको पहिलो त्रैमाससम्ममा १६ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस कम्पनीले चालू आवको सोही अवधिमा १९ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यस्तै, गत आवको असोज मसान्तसम्म २७ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीको चालू आवको सोही समयमा बढेर १९ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च पनि २५ करोड १६ लाख रुपैयाँबाट बढेर ६२ करोड १३ लाख रुपैयाँ पुगेको छ।
पहिलो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ३७ करोड ५८ लाख रुपैयाँ ऋणात्मक र महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ छ भने स्पेशल रिजर्भमा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ सञ्चित छ।