आईजीआई प्रुडेन्सियलको नाफासँगै प्रतिशेयर आम्दानी वृद्धि
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ दशमलव ५० प्रतिशत वृद्धि भएको छ।
गत आवमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ६ करोड १० लाख रुपैयाँ पुगेको छ। कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो। गत आवमा कम्पनीको कुल आम्दानी ४२ करोड ६८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४५ करोड ९३ लाख रुपैयाँभन्दा बढी छ।
गत आवको पहिलो त्रैमाससम्म कम्पनीले २२ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा उक्त रकम २२ करोड ५७ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा ३५ करोड २ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ३५ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ७४ करोड २० लाख रुपैयाँ सञ्चित गरेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७५ पैसा रहेकोमा चालू आवमा बढेर ८ रुपैयाँ ६ पैसा पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवथर् १९० रुपैयाँ ४९ पैसा छ।