आइएमई लाइफको नाफा ११ प्रतिशत वृद्धि, जीवन बीमा कोष १० अर्बमाथि

२९ कार्तिक २०८१, बिहीबार ०७:२१

काठमाडौं । आइएमई लाइप्m इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११ दशमलव २२ प्रतिशत वृद्धि भएको छ।

गत आवमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर १४ करोड ५० लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको आम्दानी बढेसँगै नाफामा यसको सकारात्मक प्रभाव देखिएको हो। गत आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ३६ करोड रहेकोमा चालू आवमा बढेर १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी छ।

गत आवको पहिलो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ५ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १० अर्ब ७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको यसै समयमा कम्पनीको जीवन बीमा कोष ४२ दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै गत आवको पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा उक्त रकम १ अर्ब १६ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमाससम्म रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ३१ लाख रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ४१ लाख रुपैयाँ र शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ।

नाफा वृद्धि भए तापनि कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) भने १ रुपैयाँ ४४ पैसाले घटेको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४ पैसा रहेकोमा चालू आवमा घटेर ११ रुपैयाँ ६० पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६६ पैसा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*