बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२८ कार्तिक २०८१, बुधबार १६:०८
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका दिव्य श्रेष्ठलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको छ। ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत पाटनले गत असार ३ गते बैंकिङ कसूरको आरोपमा श्रेष्ठलाई दोषी ठहर गर्दै उनलाई दुई महिना कैद र २ करोड ५० लाख रुपैयाँ बिगो जुमार्ना गरेको थियो। साथै, पीडित राहतकोषमा १० लाख रुपैयाँ जम्मा गर्न आदेश दिएको थियो। अदालतको फैसला लगत्तै उनी फरार भएका थिए।
प्रहरीले उनलाई पक्राउ गरेर जिल्ला अदालत ललितपुरमा पेश गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले यस विषयमा थप जानकारी दिएका छन्। फैसलाका आधारमा अब श्रेष्ठलाई आफ्नो सजाय भोग्न ललितपुर लगनखेल पठाइएको छ।