मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

२८ कार्तिक २०८१, बुधबार ०६:३६

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। फाइनान्सले संस्थापक शेयरधनी वासना के.सी. को नाममा रहेको ८ हजार ५४९ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरू मात्रै खरीद गर्न सक्छन्। इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादसम्म संस्थापकहरूबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*