नबिल बैंकलाई दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

२८ कार्तिक २०८१, बुधबार ०६:२६

काठमाडौं । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै निजी क्षेत्रका बैंकहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि साफा (साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स) बाट मेरिट अवार्ड प्रदान गरिएको छ। श्रीलंकामा सोमबार सम्पन्न विशेष सभामा यो सम्मान प्रदान गरिएको हो।

नबिल बैंकलाई आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनको आधारमा पारदर्शिता, जबाफदेहिता र सुशासनका लागि उत्कृष्ट ठहरिएको भन्दै यो अवार्ड प्रदान गरिएको हो। साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गरेर उत्कृष्टलाई सम्मानित गर्दै आएको छ।

यसअघि पनि नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) प्राप्त गरेको थियो।

नेपालको अग्रणी बैंकको रूपमा रहेको नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभर २६८ शाखा र ३२० एटिएममार्फत सेवा दिँदै आएको छ। नेपालमा नवीनतम बैंकिङ सेवाको सुरुवात गर्दै आएको नबिल बैंकले देशको बैंकिङ विकासमा कोसेढुङ्गाको भूमिका खेल्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*