एनआईसी एशिया बैंकले व्यवसायिक खाता, वित्तीय व्यवस्थापनलाई बनायो सरल र पारदर्शी
काठमाडौँ । एनआईसी एशिया बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा आफ्नो सशक्त उपस्थिति र उन्नत सेवाहरूको माध्यमबाट स्थापित एक प्रमुख बैंक हो । बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ र विशेष रूपमा व्यवसायी ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने पहलहरू गर्दै आएको छ ।
बैंकको नयाँ पहल – व्यवसायिक खाताको सुरुवातले ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई सरल बनाउँदै, व्यवसाय र व्यक्तिगत वित्तलाई छुट्टै राख्न सजिलो बनाउने उद्देश्य राखेको छ।
बैंकले “Open Your Business Account Today” अभियानको शुरुवात गरेर व्यवसायीलाई समर्पित सेवा प्रदान गर्ने प्रतिबद्धता देखाएको छ । बैंकको मनी लान्डरिङ र आतंकवादी वित्तपोषण विरूद्धको सचेतनाका लागि सुरु गरिएको यो पहलले व्यवसायीहरूलाई सजिलो, सुरक्षित, र सहजीकरणमा आधारित सेवा दिन सहयोग पुर्याउनेछ ।
बैंकको यो व्यवसायिक खाता सेवाले ग्राहकहरूलाई व्यक्तिगत र व्यवसायिक वित्त छुट्टै राख्न प्रेरित गर्ने उद्देश्य राखेको छ, जसले गर्दा व्यक्तिगत वित्त र व्यवसायिक वित्तको व्यवस्थापनमा झन्झट रहित बनाउन सकिन्छ । व्यक्तिगत र व्यवसायिक खाता अलग राख्दा वित्तीय व्यवस्थापनमा स्पष्टता, कर प्रबन्धनमा सजिलो र वित्तीय सम्बन्धमा पारदर्शिता पनि बढ्छ। यसले व्यवसायको अनुगमन तथा रिपोर्टिङ्गको प्रक्रियालाई पनि सजिलो बनाउँछ ।
विस्तृत र विविध सेवा सुविधा
एनआईसी एशिया बैंकले आफ्नो व्यवसायिक खातासँगै ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै विस्तृत सेवा सुविधा उपलब्ध गराएको छ । यस खाता अन्तर्गत निम्न सुविधा समावेश छन् :
इलेक्ट्रोनिक स्टेटमेन्ट – ग्राहकहरूले डिजिटल माध्यमबाट आफ्ना स्टेटमेन्टहरू हेर्न र डाउनलोड गर्न सक्नेछन्, जसले वित्तीय ट्रयाकिङ्गलाई सजिलो बनाउँछ ।
चेक बुक सुविधा – व्यवसायिक खाताका लागि चेक बुकको सुविधा पनि प्रदान गरिएको छ, जसले व्यापारिक भुक्तानीहरूलाई सहज बनाउँछ ।
क्रेडिट सल्लाह ग्राहकहरूले आफ्नो खातामा भुक्तानी र ऋणसम्बन्धी सुझाव प्राप्त गर्न सक्नेछन्।
ब्यालेन्स पुष्टि – नियमित अन्तरालमा खातामा रहेको ब्यालेन्सको पुष्टि गर्न सकिने सुविधा पनि यस खातामा समावेश गरिएको छ ।
RTGS/IPS – ठूलो भुक्तानीहरू सहज बनाउन र नेपालको अन्तर बैंक भुक्तानी प्रणालीको सदुपयोग गर्दै वास्तविक समयमा भुक्तानी सम्पन्न गर्न RTGS र IPS सेवा प्रदान गरिएको छ।
स्थिर निक्षेप पुष्टि – ग्राहकहरूले आफ्नो स्थिर निक्षेप खाताको पुष्टि पनि यस खाताबाट गर्न सक्छन्, जसले वित्तीय स्थिरताको बलियो आधार प्रदान गर्दछ।
वित्तीय पारदर्शिता र व्यवस्थित व्यवस्थापन
एनआईसी एशिया बैंकको यस व्यवसायिक खाता सेवाले व्यवसायिक र व्यक्तिगत वित्तलाई छुट्टै राखेर व्यवसायिक वित्तीय पारदर्शिता र व्यवस्थापनलाई व्यवस्थित गर्न मद्दत पुर्याउँछ। यसले व्यक्तिगत खर्च र व्यवसायिक खर्चहरूलाई अलग राख्न र सही वित्तीय तथ्याङ्कहरू राख्न सजिलो बनाउँछ । ग्राहकले आफ्नो व्यवसायको आर्थिक गतिविधिहरू सहजै अनुगमन गर्न सक्नेछन् जसले गर्दा वित्तीय रिपोर्टिङ्गमा झन्झट हट्नेछ र निर्णय प्रक्रियामा सुधार आउनेछ ।
बैंकले आफ्नो ग्राहक सेवामा “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि“ नारालाई आत्मसात गर्दै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरूको समस्या समाधान र सुझावहरूका लागि बैंकले विभिन्न माध्यमबाट सेवा प्रदान गर्दै आएको छ ।
व्यवसायिक खाताको अवधारणामार्फत ग्राहकहरूको वित्तीय यात्रा सरल, सुरक्षित, र समर्पित बनाउने उद्देश्य राखेको छ । यसका लागि बैंकले आफ्ना सेवा प्रणालीलाई डिजिटलाइजेशनको माध्यमबाट अधिक पारदर्शी र पहुँचयोग्य बनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै उच्चस्तरीय साइबर सुरक्षा व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ जसले ग्राहकहरूको वित्तीय डाटालाई सुरक्षित बनाउँछ ।