बाढी पहिरोको बीमा दाबी भुक्तानीमा कम्पनीहरुको सुस्ता देखिएपछि प्राधिकरणको ध्यानाकर्षण

२७ कार्तिक २०८१, मंगलवार १६:११

काठमाडौं । बाढी पहिरोको बीमा दाबी भुक्तानी छिटो र सरल रुपमा भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।दाबी भुक्तानीको कार्यविधि नै बनाई भुक्तानीमा सहजता गर्न निर्देशन दिँदा पनि कम्पनीहरुको सुस्तता देखिएपछि प्राधिकरणले कम्पनीलाई ध्यानाकर्षण समेत गराएको छ ।

प्राधिकरणले भुक्तानी प्रक्रियालाई सहज बनाउन प्रत्येक हप्ताको चौथौ दिन अर्थात (वुधवार) दाबी र भुक्तानीको विवरण प्राधिकरणमा बुझाउन प्राधिकरणले निर्देशन दिएको छ ।

विपत्तको घडीमा कम्पनीहरुले दाबी भुक्तानी सुस्त गरेको भन्दै कम्पनीलाई दोस्रो पटक प्राधिकरणले निर्देशनका साथ साथै ध्यानाकर्षण समेत गराएको हो ।

कम्पनीले पटक पटक निर्देशन दिँदा पनि ४ प्रतिशत कम्पनीहरूले मात्रै भुक्तानीलाई दिएको हुँदा प्राधिकरणले यस्तो निर्देशन दिएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बताएका छन् ।

प्राधिकरणले बीमकलाई दाबी भुक्तानीको कार्यविधि नै बनाई भुक्तानी गर्न निर्देशन दिएको थियो । सो बमोजिम कम्पनीहरुले भुक्तानी नगरेको कारण यस्तो निर्देशन दिएको प्रवक्ता सुवेदीले बताएका छन्।
डेढ महिना बितिसक्दा पनि बाढी पहिरोले बीमा कम्पनीहरूमा परेको दाबीको ४ प्रतिशत रकम भुक्तानी भएको कारण प्राधिकरणले कम्पनीलाई ध्यानाकर्षण समेत गराएको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरूले कार्तिक २० गतेसम्म ४७ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कम्पनीहरूमा १० अर्ब ५३ करोड रुपैयाँ दाबी परेको छ ।
दाबी संख्याको आधारमा भने कम्पनीहरूले १८ प्रतिशत दाबीको भुक्तानी गरेका छन् । प्राधिकरणका अनुसार कम्पनीहरूले हालसम्म ६६७ वटा दाबीको भुक्तानी गरेका छन् । कम्पनीहरूमा तीन हजार ४६० वटा दाबी परेको थियो ।

‘बीमा दाबी सम्बन्धमा पटक–पटक प्राधिकरण र बीमकका प्रतिनिधिको उपस्थितिमा भएको छलफल तथा निर्णय अनुसार तदारुकताकासाथ क्षति मूल्याङ्कन (सर्भे) गराई दाबी फछ्यौट कार्य प्रभावकारी बनाउनु हुन निर्देशनुसार अनुरोध छ,’
गत असोजको दोस्रो साता आएको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसमध्ये बीमा कम्पनीहरूमा साढे १० अर्ब रुपैयाँ बराबरको दाबी परेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*