ऐन मिचेर लघु बीमा कम्पनीहरुलाई आईपिओ जारी गर्न बीमा प्राधिकरणको निर्देशन
काठमाडौं । कम्पनी ऐन अनुसार तीन आर्थिक वर्ष (पुरा) कारोबार नगरेसम्म कुनै पनि कम्पनीले सार्वजनिक निष्काशन गर्न पाउदैनन् । तर, नियामक नेपाल बीमा प्राधिकरणले ७ लघुबीमा कम्पनीहरुलाइ दुई वर्ष पनि नपुग्दै धमाधम आईपिओ निष्काशनका लागि अनुमति दिँदै आएको छ । नेपालमा नयाँ लाइसेन्स लिएका लघुबीमा कम्पनीहरु मध्ये एकाध बाहेकले उद्देश्य अनुरुप बीमा नगरी यातायात कार्यालय अगाडि पसल थापेर बसेका छन् । चुक्ता पुँजिको ब्याजबाट प्राप्त आम्दानी र अनिवार्य बीमा गरिएको क्षेत्रबाट प्राप्त आम्दानीको आधारमा मुनाफा देखाएर आईपिओ जारी गर्न लघुबीमा कम्पनीहरु अग्रसर भएका छन् । बीमा क्षेत्रमा सुधार, गरिब जनताको पहुँचमा बीमा सेवा पुर्याउने उद्देश्यले बीमा प्राधिकरणले लाइसेन्स दिएको भएपनि उनीहरु यसबाट बिचलित भई आईपिओ जारी गरी लगानीलाई पुजिकरण गर्न हौसिएका छन् । रोचक कुरा नियामक बीमा प्राधिकरण पनि त्यही धन्दालाई प्रोत्साहन गरिरहेको छ । बीमा सार्वजनिक सेवाका अलावा दीर्घकालिन योजना र विश्वासको व्यवसाय पनि हो । तर, लघुबीमा कम्पनीहरुले कानुनी छिद्र बनाएर गैर कानुनी रुपमा आईपिओ निष्काशन गर्न लागि परेका छन् । लघुबीमा कम्पनीहरुले निष्काशन गर्न लागेको गैर कानुनी आईपिओ ल्याउन नियामक नेपाल बीमा प्राधिकरण आफै लागि परेको छ । नेपाल बीमा प्रािधकरणले बीमा ऐन अनुसार एक वर्षपछि आईपिओ निष्काशन गर्न पाइने भएपनि सेबोनको धितोपत्र निष्काशन सम्बन्धी प्रचलित कानुन अनुसार तीन वर्ष पुरा नभई आईपिओ निष्काशन गर्न पाइदैन । … Continue reading ऐन मिचेर लघु बीमा कम्पनीहरुलाई आईपिओ जारी गर्न बीमा प्राधिकरणको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed