कुलमानलाई पुनः स्पष्टीकरण पत्र, पदमुक्ति गर्ने सरकारको तयारी
२७ कार्तिक २०८१, मंगलवार १२:४१
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः स्पष्टिकरण सोधेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसपटक ६ बुँदामा आधारित स्पष्टीकरण मागेको हो।
पहिलो पटकको स्पष्टीकरणको जवाफ समयमा नपठाएको, डेडिकेटेड र ट्रंकलाइन महसुल समयमा संकलन नगरेको र मन्त्रालय मातहतको निकायको रूपमा महत्वपूर्ण जानकारी नबाँडेको जस्ता विषयलाई समेट्दै मन्त्रालयले घिसिङसँग प्रष्ट पार्न भनेको हो ।
सरकारले यसअघि पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गरेको थियो । वर्तमान सरकार कुलमानलाई हटाउने पक्षमा छ । प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा मन्त्री दिपक खड्काले उनलाई हटाउने तयारी थालेका छन् ।